काठमाडौं । कैलालीमा कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त गोदावरी नगरपालिका ६ खैराना बस्ने ३८ बर्षीय राम प्रसाद चौधरीलाई हिजो (शनिवार) प्रहरीले पक्राउ गरेको हो ।
२०६५ जेठ २४ गते राम प्रसादको खेतमा रहेको फलफुल आरु खान गएका सोही ठाउँ बस्ने ६ वर्षीय लक्ष्मण चौधरी समेतका ५/६ जना केटाकेटीहरुलाई राम प्रसादले कुटपिट गर्दा लक्ष्मणको मृत्यु भएको घटनामा संलग्न रही फरार रहेका थिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोही नगरपालिका ७ मगरटोलबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया