कांग्रेस सभापति देउवा भोलि झापा जाँदै, के-के छ कार्यक्रम ?

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमवार (भोलि) झापा जाने भएका छन् ।

कांग्रेस नेता एम आचार्यको शालिक अनावरण, वडास्तरको पार्टी कार्यालयको उद्घाटन लगायत श्रद्धाञ्जली सभामा उपस्थिती रहने कार्यक्रम रहेको छ ।

सभापति देउवा सोमवार र मंगलवार (भोलि र पर्सी) झापामा नै रहने कार्यक्रम रहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले लोकपथलाई जानकारी दिए ।

त्यस्तै भोलि सभापति देउवासँगै नेताहरु कृष्णप्रसाद सिलौटा, ज्ञानेन्द्र कार्की, विश्वप्रकाश शर्मा लगायतका नेताहरु समेत कार्यक्रममा जाने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?