सहुलियत कर्जा लिएपछि ऋण नतिर्ने प्रवृती बढ्यो : सीईओ ढकाल (भिडियोसहित)

काठमाडौं । गरिमा विकास बैंकले २ हजार ६ सय महिला उद्यमीलाई बिना धितो कर्जा उपलब्ध गराएको छ ।

बैंकले महिला उद्यमीलाई सहुलियत दरमा बिना धितो यस्तो कर्जा उपलब्ध गएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा विकास बैंकर्स संघका अध्यक्ष गोविन्दप्रसाद ढकालले सरकारले ल्याएका विभिन्न १० शिर्षकका सहुलियत दरका कर्जा उपलब्ध गराउँदै आएको बताएका छन् ।

यस्ता कर्जामा धितोको व्यवस्था नभए पनि बैंकले धितो माग्ने गरेको प्रश्नको जवाफ दिँदै भने,‘सक्नेले त धितो दिँदा के फरक पर्छ त ?’ ऋणीले सहुलियत दरमा कर्जा लिएर दुरुपयोग गरेको सीईओ ढकालको भनाई छ ।

यस्तो ऋणको दुरुपयोग गर्न नदिने समेत उनको भनाई छ । केही ऋणीहरुले सहुलियत ऋणको दुरुपयोग गर्ने गरेकाले लक्षित वर्गसम्म यस्तो ऋण पु-याउन समस्या भइरहेको ढकालले बताए । साथै धितो राख्नै नसक्ने ऋणीलाई बैंकले बिना धितोमा ऋण दिइरहेको उनले बताए । बैंकले हालसम्म ४ अर्ब रुपैयाँ भन्दा बढी बिना धितो कर्जा प्रवाह गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?