कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा स्थिरता छाएको छ । गत शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ८७ हजार ४ सय रहेको थियो ।

त्यस्तै आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज प्रतितोला तेजावी सुनको मूल्य ८६ हजार ९ सय ५० रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा समेत स्थिरता छाएको छ । शुक्रवार प्रतितोला चाँदीको मूल्य १२ सय ४० रहेको थियो । यसैगरी आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?