काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना महामारीपछि भएका उद्धार र राहतको विवरण सार्वजनिक गरेको छ । संघले कोरोना महामारी पछि ५० देशका कम्तीमा पनि ३ सय बढी शहरमा रहेका करिब १ लाख ७० हजार बढी नेपालीहरुलाई राहत दिएको जनाएको हो ।
संघले हिजो (शनिवार) साँझ भर्चुअल पत्रकार सम्मेलनको आयोजना गर्दै समस्यामा परेका नेपाली श्रमिकहरु मध्ये घर फिर्तीको लागि ३२४ जनालाई पीसीआर तथा २१७ जनालाई आंशिक हवाईजहाज टिकटको समेत व्यवस्था गरिएको जानकारी दिएको छ ।
संघले अमेरिका, बेलायत, यूरोपियन क्षेत्र, मध्यपूर्वी क्षेत्र, अफ्रिकन क्षेत्र र एसियाप्रशान्त लगायतका क्षेत्रहरुमा दुई सय भन्दा बढि अनुभवी नेपाली स्वास्थ्यकर्मी र डाक्टरहरुलाई परिचालन गरेको जनाएको छ ।
अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सहयोग धेरै श्रमिक नेपालीहरु भएको देश मलेसिया, कतार, यूएई र साउदी अरब , बहराईन, कुवेत तथा ओमान लगायतका मुलुकमा राहत र उद्धारको विशेष अभियान चलाएको संघले जनाएको छ ।
सो पत्रकार सम्मलेनमा संघका अध्यक्ष कुमार पन्त, महासचिव डा.हेम राजशर्मा, उपाध्यक्ष डा.बद्री केसी लगायत संघका अन्य पदाधिकारीहरुले आफ्नो भनाई राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया