हात्तीको आक्रमणबाट ५ जना गणक घाइते

लोकपथ
0
Shares

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्तीको आक्रमणबाट ५ जना घाइते भएका छन् । राष्ट्रिय गैंडा गणनामा प्रयोग गरेका हात्तीमाथि जंगली हात्तीले आक्रमण गरेपछि ५ जना गणक घाइते भएका हुन् ।

निकुञ्जको गैंडा खासा भन्ने स्थानमा गणकहरु चढेका हात्तीलाई जंगली हात्तीले घेरा हाली आक्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

आक्रमणमा परि राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत विनोद श्रेष्ठ गम्भीर घाइते भएका हुन् । घाइते श्रेष्ठको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको र अन्य गणको अवस्था सामान्य रहेको बरालले जानकारी दिए ।

गैंडाको गणनाका लागि हिजो निकुञ्जको टोली पश्चिम क्षेत्रको गैंडाखासा भन्ने ठाउँमा पुगेको थियो । गणनामा ३० वटा हात्ती प्रयोग गरिएको थियो । ती मध्ये गणनामा प्रयोग भएका तीन हात्ती सम्पर्क विहीन भएको समेत बरालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?