गोठमा आगलागी १५ चौपायाको जलेर मृत्यु

लोकपथ
26
Shares

सर्लाही । सर्लाहीको हरिवनमा शनिवार विहान आगलागी हुँदा १५ वटा चौपायाको जलेर मृत्यु भएको छ ।

हरिवन नगरपालिका वडा नम्वर ९ बस्ने रमेश उप्रेतीको गोठमा विहान ३ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीाबाट गोठमा बाँधिएको एउटा पाडी र १४ वटा खसी/बाख्राको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?