नापी कार्यालयको सुविधासम्पन्न भवन प्रयोगविहीन

RSS
0
Shares

म्याग्दी । म्याग्दीको बेनीमा करोडौँ खर्चेर निर्माण भएको जिल्ला नापी कार्यालयको भवन प्रयोगविहीन बनेको छ ।

नापी विभागले ठेक्कामार्फत बेनीको मङ्गलाघाटमा २०७७ मङ्सिरमा साढे तीन तले पक्की भवन निर्माण गरेको थियो । मासिक ४० हजार खर्चेर भाडाको घरबाट कार्यालय सञ्चालन गरिरहेको नापी कार्यालयको दुई करोड ४० लाखमा निर्माण भएको भवन प्रयोगविहीन बनेको हो ।

विसं २०७५ मा मसुद–बिएन–त्रिशक्ति जेभीसँग ठेक्का सम्झौता भएको भवन निर्माण योजनाको अन्तिम पटक थपिएको म्याद गत मङ्सिर मसान्तमा सकिएको छ । नापी कार्यालय म्याग्दीका प्रमुख तुलसी पौडेलले बाटोको निकास नहुँदा भवन प्रयोगमा ल्याउन नसकेको बताए ।

बाटोमा राखिएका पोल हटाउन विद्युत् प्राधिकरण, पाइप व्यवस्थापन गर्न सङ्घ र प्रदेशका खानेपानी कार्यालय तथा तुइन हटाउन बेनी नगरपालिका र जिल्ला समन्वय समितिलाई आग्रह गरेका छौं उनले भने ।

बिजुलीका पोल, पाइप र तुइनको टावर नहटाउँदासम्म मूल सडकदेखि भवनसम्म पुग्ने बाटोको निकास हुँदैन । बेनी–मङ्गलाघाट सडकदेखि नापी कार्यालयको भवनमा पुग्ने करिब २० मिटर बाटोको बिचमा विद्युत्का पोल, खानेपानीका पाइप र तुइनको टावर छन् ।

तीन वटा कार्यालयको बिचमा खोल्सामाथि ढलान गरेर बनाइएको बाटोमा खानेपानीको पाइप राखिएको छ । दुई वटा विद्युत्का पोल र वर्षौंदेखि प्रयोगविहीन तुइनको एक वटा टावर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?