रेल दुर्घटना ५० जनाको मृत्यु

लोकपथ
0
Shares

एजेन्सी । ताइवानमा भएको रेल दुर्घटना ५० जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । यसलाई शताब्दीकै भयानक दुर्घटनाका रूपमा लिइएको छ । राष्ट्रपति साई लिङ वेनले घटनाको अनुसन्धान गर्न निर्देशन दिएकी छन् । राष्ट्रपति साईले मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेकी छन् ।

४ सय ९४ यात्रु बोकेको आठ डब्बायुक्त उक्त रेल निर्माण सामग्री बोकेको एक सवारी साधनसँग ठोक्किएको थियो । उद्धारकर्ताले सुरुङभित्र च्यापिएका घाइतेलाई उद्धार गरेका थिए ।

केहीले भने रेलको सिसा फोडेर ज्यान जोगाउन सफल भएका थिए ।राजधानी सहर ताइपेईबाट ताइतुङसम्मको गन्तव्यमा हिँडेको उक्त रेलमा लामो बिदा मनाउन हिँडेका यात्रु धेरै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?