नायिका प्रियंका कार्की गर्भवती

काठमाडौं । नायिका प्रियंका कार्कीले सामाजिक सञ्जालमार्फत आफू गर्भवाती भएको बताएकी छिन् ।

आफ्नो फेसबुक पेजमा श्रीमान् आयुष्मान देशराज जोशी र आफ्नो तस्वीर राख्दै प्रियंकाले आफू गर्भवती भएको जनाएकी हुन् ।

तस्वीरमा आयुष्मानले उनलाई पछाडिबाट अंगालो मारेका छन् भने प्रियंकाको ‘बेबी बम्प’ पनि देख्न सकिन्छ ।

तस्वीरको क्याप्सनमा उनले लेखेकी छिन्, ‘अब सोध्न बन्द गर्नुस् । हामी साँच्चै प्रेग्नेन्ट भएका छौं ।’

उनीहरुको यो तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ भने फ्यानहरबाट बधाईको आइरो लागेको छ । उनीहरुको विवाह वि.सं २०७६ को फागुन १५ मा भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?