अझै शुरु भएन कांग्रेस बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक अझै पनि शुरु भएको छैन ।

पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो २ बजे बस्ने भनिएको बैठक केहि प्राविधिक कारणले ढिला भएको बताइएको छ । आजको बैठकमा सत्ता समीकरणवारे छलफल हुने अपेक्षा गरिएको भएपनि त्यस्तो एजेण्डा नरहेको कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरेले जानकारी दिए ।

केहिबेर पछि बस्ने बैठकमा कांग्रेसको आगामी १४औं महाधिवेशन र क्रियाशिल सदस्यता छानबिन लगायताका एजेण्डा रहेको घिमिरेले बताए ।

नेकपा माओवादीले सत्ता समीकरणका विषयमा कांग्रेसलाई स्पष्ट हुन आग्रह गर्दै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको बिकल्प खोज्नुपर्ने माओवादीको ठम्याइ छ । तर कांग्रेसले भने अझै निर्णय गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?