सुर्खेत । जाजरकोटमा यातायात समूहका मजदुरहरुबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
जाजरकोट–डोल्पा यातायात समितिका मजदुरको दुई समूहबीच गाडीको रुटको विषयमा विवाद भइ झडप हुँदा नलगाड नगरपालिका–४ का ३५ वर्षीय नरेश रावलको मृत्यु भएको जाजरकोट प्रहरील जानकारी दिएको छ।
झडप जाजरकोटको बारेकोट गाउँपालिका–२ लिम्सामा भएको हो ।
मृतकका शव शुक्रवार दिउँसो बारेकोटकै देउलस्थित खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी मधु थापाले बताए ।
झडपमा परी नलगाड–४ का सुजन कार्की र विकास रावल घाइते भएको पनि प्रहरीले जनाएको छ ।
घटनामा संलग्नको भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया