‘बद्री दाइ’ सार्वजनिक

लोकपथ
0
Shares

काठमाडौं– समाजसेवी बद्री बहादुर मास्केको जीवन कथामा आधारित पुस्तक ‘बद्री दाइ’ हिजो (बिहिवार) एक समारोहका बीच लोकार्पण भएको छ ।

पाटनको बखुंमबहालस्थित सत्यमोहनलोक साहित्यिक भवनमा प्रमुख अतिथि शताब्दीपुरुष सत्य मोहन जोशी,लेखन कुन्जका अध्यक्ष कमल ढकाल,लेखक बद्री बहादुर मास्के र उनकी धर्मपत्नी चित्रा मास्केले संयुक्तरुपमा लोकार्पण गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले मास्केको पुस्तक गोरखाको मात्र नभएर समग्र राष्ट्रको भएको बताउदै भने ,‘एक मान्छेले निष्ठापुर्वक काम गर्दै जाँदा थाहै नपाई उसको व्यक्तित्व र नेतृत्व बनिरहेको मैले बद्री दाइमा पाएँ ।’

जोशीले प्रस्तुत पुस्तकले बायोग्राफि भित्रको ‘ट्राभल्स लग’को बारेमा पनि व्याख्या गरेको बताएका थिए ।

कार्यक्रममा लेखन कुन्जका अध्यक्ष ढकालले पुर्खाको इतिहासले पुस्ता बदल्न घोष्ट राइटिङ लागि परेको र यो आफुहरुको १ सय १३ औ पुस्तकभएको बताउँदै भने,‘समाजका जात,वर्ग,क्षेत्र,लिंग,वर्ण,सम्प्रदायको पुस्तक हामी लेखिरहेको छौ, यसै परिप्रेक्ष्यमा बद्री दाइलाई पाएका छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?