काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षीय थप दुई नेतामाथि भएको कारवाहीप्रति आपत्ती जनाएको छ ।
आज (शुक्रवार) बसिरहेको नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेमाथि भएको कारवाहीप्रति आपत्ती जनाएको हो ।
बैठकमा एमाले नेता भिम रावलले ओलीको सो कार्यको निन्दा गर्दै अरुमाथि तानाशाही लाद्ने, निरंकुश, स्वेच्छाचारी चरित्रको द्योतक भएको बताए । उनले पार्टीको रक्षाका निम्ती चालेको कदम अझ झन् गतिशीलताका साथ अगाडि बढाउने स्पष्ट पारे ।
हिजो (बिहीवार) पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई र त्यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट ६ महिनासम्म निलम्बन गर्ने निर्णय गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया