सुदूरपश्चिममा ४४ नमूना परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिममा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज (शुक्रवार) धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालामा ४४ जनाको नमूना परीक्षण गर्दा १२ जनामा संक्रमण भेटिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

कुल संक्रमित मध्ये २ जनालाई आइसियू र २ जनालाई आइशोलेसनमा राखेर उपचार भइरहेको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?