कांग्रेस केन्द्रीय समितिको बैठक केहीबेरमा बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक केहीबेरमा बस्ने भएको छ ।

सानेपास्थित पार्टी कार्यालयमा २ बजे बस्ने भनिएपनि अहिलेसम्म शुरु नभएको नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

आजको बैठकमा पार्टीको आगामी महाधिवेशन साथै नयाँ सरकार गठनका विषयमा छलफल हुने बताइएको छ ।

माओवादी केन्द्र र जसपाले कांग्रेससँग नयाँ सरकार गठन गर्ने वा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने भन्दै जवाफ मागेको छ । यसैबीच बसेको कांग्रेस केन्द्रीय समिति बैठकलाई महत्वपूर्ण मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?