काठमाडौं । हाल प्रधानमन्त्री कार्यालय भएको भवनमा गृह मन्त्रालय सर्ने भएको छ ।
आगामी वैशाख १ गतेदेखि गृह मन्त्रालय हालको प्रधानमन्त्री कार्यालयमा सर्न लागेको हो ।
२०७२ साल वैशाख १२ मा भूकम्पको कारण सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा सरेको थियो । हाल पुननिर्माणपछि प्रधानमन्त्री निवास भवन पूरानै स्थानमा सरेको थियो ।
त्यस्तै हाल गृहमन्त्रालय रहेको केही भवनहरु पुननिर्माण तथा नवनिर्माण गर्ने भएकाले गृहमन्त्रालयलाई सार्न लागिएको छ ।
शुक्रवार (आज) गृहमन्त्री रामबहादुर थापा बादलले उक्त भवनको निरीक्षण समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया