बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज शुक्रवार सुनको मूल्य बृद्धि भएको छ । सुनको मूल्य तोलामा ९ सयले बृद्धि भएको हो ।

हिजो (बिहीवार) प्रतितोला छापावाला सुनको मूल्य ८६ हजार ५०० रहेको थियो । आज (शुक्रवार) सुनको मूल्य तोलामा ९ सय बृद्धि भइ प्रतितोला छापावाला सुनको मूल्य ८७ हजार ४०० कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ८६ हजार ९५० कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बृद्धि भएको छ । आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १२ सय ४० कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?