झापा । झापा भद्रपुर नगरपालिका ४ डाँगीबारी स्थितबाट बिहीवार राती साढे ८ बजे ब्राउनसुगरसहित ३ जनालाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ बस्ने ४० बर्षीय लोकेन श्रेष्ठ र भद्रपुर नगरपालिका १० बस्ने ३६ बर्षीय विनोद राजवंशी र २४ बर्षीय गोबिन्द राजबंशी रहेका छन् ।
उनीहरुको साथबाट लागूऔषध ब्राउनसुगर ९ ग्राम ११० मिलिग्राम र डिजिटल तराजु सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिप्रका झापाका अनुसार पक्राउ परेका तीनै जनाउपर थप अनुसन्धान भईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया