ताइवानमा ट्रेन दुर्घटना : ३६ जनाको मृत्यु, दर्जनौं घाइते

लोकपथ
0
Shares

काठमाडौं । ताइवानमा भएको ट्रेन दुर्घटनामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । आज (शुक्रवार) बिहान ताइवानको पूर्वी भागमा यात्रुहरूले खचाखच भरिएको ट्रेन दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा ७२ जना भन्दा बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । दुर्घटना एउटा ट्रकमा ट्रेन ठोकिएर भएको जनाइएको छ  ।ट्रेनको डब्बा ट्य्राकबाट उछिट्टीएर सुरुङको भित्तोमा ठोकिएको थियो ।

आठवटा डब्बा भएको सो ट्रेन ताइतुङतिर जाँदै थियो । सो ट्रेनमा ३५० जना यात्रु सवार थिए । त्यहाँको स्थानीय समय अनुसार बिहान ९ः२८ मा ट्रेन हुआलिएनभन्दा उत्तरतर्फ सुरुङभित्र ट्य्राकबाट झरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ताइवानको पुर्वी क्षेत्र आकर्षक पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । यसअघि सन् २०१८ मा पनि उत्तरपुर्वी ताइवानमा भएको ट्रेन दुर्घटनामा १८ जनाको मृत्यु हुनुका साथै १७५ जना भन्दा बढी घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?