काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलना खनाल र माधवकुमार नेपाल पक्षको युवा संघ नेपालले नेतृत्व परिवर्तन सम्बन्धी जानकारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
७ चैतमा राष्ट्रिय भेला गरेर नयाँ नेतृत्व चयन भएको जानकारी संघले अध्यक्ष ओलीलाई दिएको हो ।महासचिव दीपक जीएमले पत्र लेख्दै अदालतको फैसलाअनुसार, पुनर्स्थापित युवा संघले नेतृत्व परिवर्तन गरेको जानकारी दिएका हुन् ।
युवा संघको विधान, झण्डा, लोगो र छाप प्रयोग गर्ने अधिकार पनि आफूहरुसँग मात्रै भएको दावी पत्रमा उल्लेख गरिएको छ ।पत्रमा युवा संघको झण्डा, नाम र विधान अरुले पनि प्रयोग गरिरहेकाले त्यस्तो कार्य रोक्न माग समेत गरिएको छ ।
राष्ट्रिय युवा संघको नाममा पूर्व युवा संघ नेपालका र पूर्व वाइसीएलका केही व्यक्तिहरुले हाम्रो संगठनको झण्डा र लोगो समेत मिल्दो राखि गतिविधि गरेको भन्ने जानकारीमा आएको हुँदा त्यस्तो नगर्न/नगराउन समेत पार्टीले निर्देशन गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं’, पत्रमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया