पहिलोपटक गाउँमा बिजुली बलेपछि स्थानीय हर्षित

RSS
0
Shares

उदयपुर । सधैँ अन्धकारमा रहँदै आएको जिल्लाको उदयपुर गढी गाउँपालिकाको दुर्गम पाँच गाउँमा पहिलोपटक बिजुली बलेपछि स्थानीय हर्षित बनेका छन् । उदयपुर गढीको विकट गाउँ घ्याम्पे, भलायाडाँडा, मैनीटार, पात्ले र सत्यवतीमा पहिलोपटक बिहीवार बिजुली पुगेको हो ।

उदयपुर गढी गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउतका अनुसार गाउँपालिकाको विकट पाँच गाउँ करिब १ सय ५० घरधुरीमा बिहीवार पहिलोपटक बिजुली पुगेको छ ।

प्रदेश सरकारको एक करोड २० लाख र बलान सामुदायिक वनको सात सात लाख गरेर कूल एक करोड २७ लाखको बजेटमा ती दुर्गम गाउँमा विद्युत् विस्तार गरिएको हो ।

पहिलोपटक बिजुली बलेपछि मैनीटारका ६७ वर्षीय गणेश अधिकारीले भने “यस क्षेत्रमा बिजुली आउँछ भन्ने कुरा सपनामा पनि सोचेको थिइन तर आज सपना पूरा भयो, विपनामा नै बिजुली बल्यो विकास भनेको त यो पो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?