थाहानगरमा नवजात शिशुको शव फेला

काठमाडौं- मकवानपुर जिल्लाको थाहा नगरपालिका–६ मा बिहीवार बिहान एक नवजात शिशुको शव फेला परेको छ ।

थाहा नगरपालिका–६ सरस्वती बजारस्थित नासलथान खोलाको बगरको छेउमा शालनालसहित एक नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार टाउकोपट्टिको भागमा टोकेको अवस्थामा नवजात शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थियो ।

शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अभिनास अधिकारी जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?