काठमाडौं । सरकारले गत वर्षहरुमा झैं यस वर्ष पनि उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।
आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७५/७६ मा पनि सबैभन्दा बढी कर तिर्ने १५ विधाका विभिन्न करदातालाई सम्मान गरेको छ । यस अवधीमा सूर्य नेपालले सबैभन्दा बढी कर तिरेको छ । सूर्य नेपालले सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मान प्राप्त गरेको छ ।
गत वर्षहरुमा पनि सूर्य नेपालले उत्कृष्ट करदाताका रुपमा सम्मान प्राप्त गर्दै आएको थियो । त्यसैगरी, सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने व्यवसायी विजयकुमार शाहलाई पनि विभागले सम्मान गरेको छ । शाह हिमालयन डिष्टिलरीका सञ्चालक हुन् । उनी दोस्रो पटक सम्मानित भएका हुन् ।
त्यसैगरी, कृषि एवं पशुपन्छीजन्य उद्योगमध्ये अन्नपूर्ण एग्रो इण्डष्ट्रिज, निर्यातकर्तामध्ये डाबर नेपाल प्रालि, विशेष उद्योगमध्ये हिमाल पावर लिमिटेड र बैंक तथा वित्तीय संस्थाहरुमा नबलि बैंक सबैभन्दा बढी कर तिर्नेमा सम्मानित भएका छन् । त्यस्तै, तारागाउँ रिजेन्सी होटल,बीमा क्षेत्रबाट सबैभन्दा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप नेपाल प्रालि पनि सबैभन्दा बढी कर तिर्ने सूचीमा परेका छन् । त्यसैगरी,आइएमई आइएमई लिमिटेड,अग्नी इन्कर्पोरेटेड प्रालि, मध्यमस्तरीय करदाता कामना सेवा विकास बैंक लगायतले बढी कर तिरेबापत सम्मान प्राप्त गरेका छन् ।

त्यस्तै, भि.एफ सर्भिसेस (मोरिसस) प्रालि पनि बढी कर तिर्ने करदाताका रुपमा सम्मानित भएको छ । त्यस्तै,घोराही सिमेन्ट इन्डष्ट्रिज प्राली पनि मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ उत्कृष्ट करदातामा परेको छ । बिहीवार राजधानीमा आयोजित कार्यक्रममा मुख्यसचिव शंकरदास बैरागीले बढी कर तिर्ने करदातालाई सम्मान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया