सर्वोच्चको फैसलाले राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रले देशको परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोजेको आरोप लगाएको छ ।

सर्वोच्च अदालतले बिहीवार नेकपा बारेको फैसलामा पुनरावलोकनको माग गर्दै दायर भएको रिटमा निस्सा दिन अस्वीकार गरेपछि माओवादीले तीव्र असन्तुष्टि जनाउँदै यस्तो आरोप लगाएका हो ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैको भन्दै सबै पक्ष जाग्नुपर्नेमा जोड दिए । उनले अदालतको निर्णयलाई पहिलेको आदेश झैं राजनीतिक कदमकै निरन्तरताको अर्को कडी भएको जिकिर समेत गरेका छन् ।

‘सर्वोच्च अदालतले २०७७।११।२३ मा हाम्रो पार्टीको सम्बन्धमा गरेको आदेशको पुनरावलोकन नगर्ने भनी आज गरेको निर्णय पहिलेको आदेश झैं राजनीतिक कदमकै निरन्तरताको अर्को कडी हो’, उनले ट्वीटरमा भनेका छन्, ‘यो गलत निर्णयप्रति हाम्रो तिब्र असहमति छ। अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ । जागौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?