१२ अंकले बढ्यो शेयर बजार, ७ अर्ब बढीको कारोबार

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज(नेप्से) १२ दशमलव ८८ अंकले बढेको छ नेप्सेले दिएको जानकारी अनुसार शुन्य दशमवल ४९ प्रतिशतले शेयर बजार बृद्धि भइ नेप्से परिसुचक मापक २ हजार ६ सय ३१ दशमलव ८९ अंकमा पुगेको छ ।

आज कुल ७ अर्ब २५ करोड, ९ लाख, २४ हजार १ सय २४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै १ करोड ४३ लाख ९० हजार ४ सय ४७ कित्ता शेयर ७४ हजार २ सय ८ पटक कारोबार भएको छ । त्यस्तै, आज २१८ कम्पनीको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार आज होटेल तथा पर्यटन, जीवन बीमा, म्युचुअल फण्ड र लगानीका क्षेत्रको शेयर मूल्य घटेको छ भने बाँकीमा हरियाली छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?