काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेताहरुलाई कारबाही गरिएकोप्रति नेता योगेश भट्टराईले आपत्ति जनाएका छन् ।
विद्धान, इमान्दार र नैतिकवानहरुमाथि कारबाही र मुर्ख, भ्रष्ट र अनैतिकहरु पुरस्कृत हुने भन्दै नेता भट्टराईले अध्यक्ष ओलीको आलोचना गरेका छन् ।
‘ॠषिमुनी र वुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्वर भूमी नेपालमा आजकाल : विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कार्वाही हुन्छ । मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्कृत हुन्छन ।’ नेता भट्टराईले भने ।
आज प्रधानमन्त्री ओलीले नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई कारबाही गरेर भद्धा मजाक गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । ‘कमरेड घनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्धा मजाक गरिएको छ ।’ उनले भने ।
पार्टीले सोधेको स्पष्टीकरण चित्त नबुझेको भन्दै अध्यक्ष ओलीले आज नेताहरु पाण्डे र भुसाललाई पार्टीबाट ६ महिनाको लागि निलम्बन गरेका छन् । यस अघि नै वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई समेत पार्टीबाट निलम्बन गरिएको छ ।
ॠषिमुनी र वुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्वर भूमी नेपालमा आजकाल : विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कार्वाही हुन्छ । मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्क्रित हुन्छन ।
कमरेड धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्धा मजाक गरिएको छ ।— Yogesh Bhattarai (@yogesbhattarai) April 1, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया