काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टीबाट ६ महिनाको लागि निलम्बन गरेका छन् ।
पार्टीले सोधेको स्पष्टीकरणमा चित्त बुझ्दो जवाफ नआएको भन्दै नेताद्वयलाई पार्टीबाट ६ महिनाको लागि निलम्बन गरिएको हो ।
आज एक पत्र लेख्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले स्पष्टीकरणमा सोधिएको भुलसुधारको स्वीकारोक्ती नगरेको, कुनै आत्मसमिक्षा नगरिएको, आत्मआलोचना गर्ने प्रवृती नभएको भन्दै ६ महिनाको लागि निलम्बन गरिएको बताइएको छ ।
पार्टीको विधानविपरित काम गरेको भन्दै गत चैत ८ गते स्पष्टीकरण सोधिएको थियो । तर चित्त बुझ्दो जवाफ नआएको भन्दै नेताद्वय पाण्डे र भुसाललाई निलम्बन गरिएको हो । पाण्डे र भुसालसँगै वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावलसहित ४ जना नेताहरुलाई स्पष्टीकरण सोधिएको थियो । यसअघि चित्त बुझ्दो जवाफ नआएको भन्दै नेताद्वय नेपाल र रावललाई समेत पार्टीबाट निलम्बन गरिएको छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया