अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर

काठमाडौं । प्रसिद्ध भारतीय कलाकार एवं राजनीतिज्ञ किरण खेरलाई ब्लड क्यान्सर भएको छ । समाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनका पति अभिनेता अनुपम खेरले किरणलाई मायलोमा, एक प्रकारको ब्लड क्यान्सर भएको पुष्टि गरेका हुन् ।

बलिउडकी सफल कलाकार तथा चन्डीगढबाट भारतीय जनता पार्टीकी सांसद बनेकी किरण खेरको मुम्बइमा उपचार भैरहेको र उनी निको हुँदै गएको अनुपम खेरले जनाएका छन् ।

किरणलाई ब्लड क्यान्सर भएको गतबर्षको नोभेम्बरमा पत्ता लागेको थियो । गतबर्षको नोभेम्बर ११ तारिखमा किरणको हात घरमै भाच्चिएको थियो । चन्डीगढको एक अस्पतालमा उपचार गराएकी थिइन् । सोही समयमा उनीलाई मल्टिपल मायलोमा नामक रोग रहेको पत्ता लागेको थियो ४ डिसेम्बरमा उनलाई मुम्बई ल्याइएको  र कोकिलाबेन अस्पतालमा उपचार गराइरहेकी भारतीय सञ्चारमाध्यले जनाएका छन् ।

किरणले भारतीय चलचित्र क्षेत्रमा सन् १९८८ मा ‘पेस्तोजी’ नामक चलचित्रबाट डेब्यू गरेकी थिइन् । उनको ‘सरदारी बेगम, देवदास, वीर जारा, ओम शान्ती ओम, खुबसुरत’ लगायतका सफल चलचित्रमा अभिनय रहेको छ । उनी विभिन्न रियालिटी शोहरुमा जजको भुमिका निभाउदै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?