सर्वोच्चमा पुनरावलोकनको निवेदन : प्रधानन्यायाधीशले गठन गरे पूर्ण इजलास

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बन्धी सर्वोच्च अदालतको फैसलाबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकन निवेदनमाथी सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्ण इजलास गठन गरेका छन् ।

गत फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई पूर्ववत् रुपमा फर्काउने सर्वोच्चको फैसला पुनरावलोकनका लागि प्रचण्डले मंगलवार निवेदन दर्ता गराएका थिए ।

त्यसको सुनुवाइको लागि इजलासमा राणासहित न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाश ढुंगाना रहेका छन् ।

त्यस्तै आज सर्वोच्चले मुद्दा दोहोर्‍याएर हेर्नेरनहेर्ने टुंगो लगाउने बताइएको छ ।

गत २३ फागुनमा सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपा बदरको फैसला सुनाएको थियो । उक्त फैसला राजनीतिक भएको भन्दै प्रचण्डले पुनरावलोकनका लागि जाने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?