भारत सरकारको सहयोगमा चितवनमा निर्मित अस्पताल उद्घाटन

काठमाडौं । भारत सरकारको सहयोगमा चितवनमा निर्माण गरिएको अस्पतालको उद्घाटन भएको छ ।

चितवनको रत्ननगर नगरपालिका वार्ड न १४ पिथुवा टोलमा अस्पताल निर्माण भएको गुञ्जमान सिहं अस्पतालको बुधवार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।

नेपालका लागि भारतका महावाणिज्यदूत नितेश कुमार र गुञ्जमान सिहं मेमोरियल ट्रष्टका अध्यक्ष दुर्गेश मान सिहंले संयुक्त रुपमा उक्त अस्पतालको उद्घाटन गरेका हुन् ।

अस्पताल उद्घाटन समारोहमा नेपाल र भारतका कुटनीतिक नियोगका सदस्यहरु लगायत अस्पताल व्यवस्थापन समिति, स्थानीय राजनीतिज्ञ र समुदायका नेताहरू पनि उपस्थित थिए ।

५० शैयाको उक्त अस्पताल निर्माणका लागि भारतले ४७.९४ मिलियन नेपाली रुपैयाँ सहायता रहेको छ । उक्त अस्पतालमा सुरक्षा उपकरण जडान, डाक्टर कोठा, नर्स कोठा, प्रशासन शाखा, लेखा शाखा, शौचालय लगायत आधुनिक सुविधा सम्पन्न छ । भवनमा पानी र बिजुलीको निर्वाध रुपमा रहेको छ ।

त्यसैगरी मानव विकास र सामुदायिक सेवाहरू (एचडीसीएस), गैर-सरकारी संस्था चितवनले सामाजिक सेवा भावको आधारमा सञ्चालन गरिरहेका छन्।

उक्त अस्पतालले चितवन र आसपासका जिल्लाहरूका मानिसहरूको लागि आधुनिक स्वास्थ्य सेवा हुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?