काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप ७२ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ करोड २२ लाख २१ हजार ६ सय ६५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा थप ४ सय ५९ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । हालसम्म भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ९ सय २७ पुगेको छ ।
हालसम्म भारतमा १ करोड १४ लाख ७४ हजार ६८३ जना संक्रमणमुक्त भएका छन् । त्यहाँ सक्रिय संक्रमितको संख्या ५ लाख ८४ हजार ५५ रहेको छ ।
भारतमा हालसम्म ६ करोड ५१ लाख १७ हजार ८ सय ९६ जनाले कोरोना खोप लगाईसकेका छन् । त्यहाँ आजबाट तेस्रो चरणको खोप अन्तर्गत ४५ वर्षमाथिका व्यक्तिहरुलोई खोप दिन शुरु गरिएको समाचारमा जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया