बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बृद्धि भएको छ ।

बुधवार प्रतितोला छापावाला सुनको मूल्य ८५ हजार ६ सय रहेको थियो । आज सुनको मूल्य तोलामा ९ सय बृद्धि भइ प्रतितोला छापावाला सुनको मूल्य ८६ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ८५ हजार ५० कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बृद्धि भएको छ । बुधवार प्रतितोला चाँदीको मूल्य ११ सय ९५ रहेको थियो । आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १२ सय १० कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?