धनगढीमा प्रदेश पत्रकार महासंघको निर्वाचन कार्यालय स्थापना, आज मनोनयन दर्ता

धनगढी । धनगढीमा प्रदेश प्रत्रकार महासंघको निर्वाचन कार्यालय स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले निर्वाचन समितिको कार्यालय स्थापना गरेको हो ।

महासंघको नयाँ नेतृत्व चयनका लागि चैत २५ गते हुने निर्वाचनका लागि धनगढीको होटल शुभममा कार्यालय स्थापना गरिएको महासंघका सुदूरपश्चिम अध्यक्ष अर्जुन शाहले बताए ।

बरिष्ठ पत्रकार चित्राङ्क थापाको संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरिएको छ । समितिमा अधिवक्ता सिद्धराज भट्ट र पुष्पबिक्रम शाही सदस्य छन् ।

आज (बिहीवार) बिहान ११ बजेदेखि उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम तय भएको छ।

यस्तै प्रदेशका ९ वटै जिल्लामा पनि निर्वाचन समिति घोषणा गरेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?