वनै खायो डढेलोले….

RSS
0
Shares

डोटी । डोटीका एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन । सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा वन नजिकका गाउँ डडेलोको उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर नष्ट भएका छन् ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ कुल्पातेस्थित सामुदायिक वनमा बुधवार एकाएक डढेलो फैलिएपछि स्थानीयबासी, वनका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा दिपायल सिलगढीको दमकलर कर्मचारीको सक्रियतामा डढेलो निभाउन सकिएको डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारीले जानकारी दिनुभएको छ ।

यस्तै जोरायल, बडिकेदार, बोगटान फुड्सिल, सायल, आदर्श तथा शिखर नगरपालिकाको लेकाली क्षेत्रका जङ्गलमा लागेको डढेलो अझै निभाउन नसक्दा सयौँ हेक्टर वन सखाफ हुँदै गएको जोरायल गाउँपालिका–१ का स्थानीयबासी मोहन मल्लले जानकारी दिए।

उनले भने पानी नपर्दा सुक्खा यामले जङ्गलमा आगलागी भएको छ, निभाउन सकिएको छैन, सयौं हेक्टर जमिन तथा नयाँ उम्रिएका बिरुवा र बहुमूल्य जडीबुटी सबै जलेर नेष्ट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?