भारतबाट उद्धार गरिएका ७ किशोरीलाई परिवारको जिम्मा लगाइँदै

लोकपथ
0
Shares

महोत्तरी । मंगलवार बेपत्ता भएका महोत्तरीको भंगहा नगरपालिकाका ७ जना किशोरीलाई भारतबाट उद्धार गरि नेपाल ल्याइएको छ । केही बेरपछि ती किशोरीलाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

भारतको सितामढीबाट उद्धार गरि बुधवार नेपाल पुर्याएका किशोरीलाई अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुलाई कस्ले भारतको सीतामढीसम्म पुर्‍यायो त्यो विषयमा थप अनुसन्धान भइरहेको तर अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई दलालले नै विभिन्न प्रलोभनमा पारेर भारत पर्‍याएको हुनसक्ने प्रहरीको आशंका छ ।

मंगलवार दिउसो घाँस काट्न गएका ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान सम्पर्कविहीन भएका थिए । उद्धारपछि ती किशोरीहरुले आफूहरु गायिका बन्न भारत आएको बयान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?