किशोरकिशोरीलाई पैरवीसम्बन्धी तालिम

RSS
0
Shares

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकामा युवा तथा किशोर किशोरीलाई पैरवीसम्बन्धी चार दिने तालिम सञ्चालन भएको छ । वडा १ देखि ८ सम्म रहेको उक्त गाउँपालिकामा प्रत्येक वडाबाट युवा तथा किशोरी छनोट गरि मंगलवारदेखि पैरवीसम्बन्धी तालिम शुरु गरेको हो ।

जिल्लामा कार्यरत संस्था शिशुको आर्थिक सहयोग, मिसन इष्टको प्राविधिक सहयोग र किर्डाक नेपाल र महिला कल्याण सेवाको सहजीकरण तथा गाउँपालिकाको समन्वयमा तालिम सञ्चालन भएको छ ।

स्थानीय सरकारसँग समन्वय गरेर विभिन्न कार्यक्रम तालीम गोष्ठी गरिरहेका बेला जनचेतनाका लागि सबै वडालाई समेटेर शुक्रवार सम्पन्न हुने गरी तालिम सञ्चालन भएको किर्डाक नेपाल सर्केगाडका परियोजना संयोजक मुनलाल जैसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?