नयाँ वर्षमा अटो कम्पनीका अफर : नगद छुटदेखि कार उपहारसम्म !

काठमााडौं । नयाँ वर्षको पूर्वसन्ध्यामा विभिन्न अटो कम्पनीहरुले ग्राहकको ध्यान तान्न नयाँ नयाँ अफर सार्वजनिक गर्न थालेका छन् ।

कोरोना भाइरस ‘कोभिड – १९’ का कारण गत वर्ष थला परेको अटो व्यवसाय यसपाली सुधार आउने विश्वास गरिएको छ । त्यसैले विभिन्न कम्पनीहरुले धमाधम नयाँ अफरहरु सार्वजनिक गर्न थालेका हुन् । कम्पनीहरुले नयाँ वर्ष २०७८ नजिकिँदै गर्दा विभिन्न ब्राण्डका मोटरसाइकलमा अफर ल्याएका हुन् । नयाँ वर्षको छेको पारेर नेपालमा बिक्री हुँदै आएका तथा रुचाइएका मोटरसाइकलमा कम्पनीहरुले विभिन्न अफर सार्वजनिक गरेका छन्।

विभिन्न कम्पनीहरुले यामाहा, टीभीएस, बजाज, सुजुकी, बेनेली लगायतका ब्राण्डमा नयाँ वर्षका लागि नयाँ नयाँ अफर गरेका छन् ।

यामाहा

एमएडब्ल्यू इन्टरप्राइजेज नेपालमा यामाहा मोटरसाइकलको आधिकारीक वितरक हो । यस कम्पनीले यामाहाका मोटरसाइकलहरुमा नयाँ वर्ष लक्षित गर्दै विभिन्न अफर ल्याएको छ । यमाहाका ग्राहकले मासिक २० लाख ७८ हजार रुपैयाँ जित्न सक्ने गरी नयाँ वर्षे अफर सार्वजनिक गरिएको .बताइएको छ । यामाहाले हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा ७ हजार नगद छुट, शून्य प्रतिशत ब्याजदर योजना र कम डाउन पेमेन्टको व्यवस्था गरेको छ । कम्पनीको यस्तो योजनाले सर्वसाधारणले सजिलैसँग मोटरसाइकल चढ्ने सपना पूरा गर्न सक्ने विश्वास कम्पनीले गरेको छ ।

टीभीएस

टीभीएस मोटर साइकलले पनि नयाँ वर्षका लागि आकर्षक योजनाहरु सार्जजनिक गरेको छ । टिभिएसको नेपालका लागि आधिकारीक विक्रेता जगदम्बा मोटर्सले ‘वा वाहा वाह्हा अफर सार्वजनिक गरेको छ । कम्पनी यस योजना अन्तर्गत ग्राहकले मोटरसाइकल खरिदमा १० हजारसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । त्यसका साथै शुन्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, हरेक १५ दिनमा एक जनालाई अपाचे आरआर ३१० मोटरसाइकल जित्ने मौका तथा बम्पर उपहार स्वरुप एक जनालाई प्रोटोन सागा कार लगायतका अफर सार्वजनिक गरेको छ ।

सुजुकी

सुजुकीले नयाँ बर्षका लागि आफ्नो मोटरसाइकलको खरिदमा विभिन्न अफर सार्वजनिक गरेको छ । मोटरसाइकलमा नगद छुट तथा फाइनान्सको सुविधा सहितको योजना सार्वजनिक गरेको सुजुकीले मोटरसाइकलका लागि आधिकारीक विक्रेता भिजी सुजुकीले ‘सुजुकी नयाँ वर्ष विग हर्ष’ नामक योजना सार्वजनिक गरेको हो । कम्पनीका अनुसार सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई १० हजार नगद छुट तथा फाइनान्सको सुविधा र एक्स्चेन्ज योजना समेत सार्वजनिक गरेको छ।

बजाज

अन्य कम्पनीले जस्तै बजाजले पनि नयाँ वर्षका लागि विभिन्न अफर सार्वजनिक गरेको छ । बजाज बाइकको आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्षका लागि ‘बजाज शून्य अफर’ सार्वजनिक गरेको हो । जसमा मोटरसाइकल खरिदकर्ताले जति वटा शून्य जित्न सक्यो त्यति नै बराबरको नगद जित्न सक्ने व्यवस्था गरिएको छ । कम्पनीले संचालन गरेको यो योजनामा ग्राहकले १० हजारदेखि १० लाखसम्म जित्न सक्ने बताइएको छ । कम्पनीले शून्य प्रतिशत ब्याजदर स्कीम पनि सार्वजनिक गरेको छ । कम्पनीको यो योजनामा धेरै जनाले १ लाख रुपैयाँ जितिसकेका छन् ।

बेनेली

बेनेलीले नयाँ बर्षमा टीएनटी १५, टीएनटी १५० आई र टीएनटी ३०२ एस मोडलमा नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत नगद १५ हजार छुट दिने व्यवस्था छ। त्यस्तै, टीएनटी ३०२ एसको खरिदमा ग्राहकले १० हजार रुपैयाँ बराबरको भौचर प्राप्त गर्न सक्ने योजना सार्वजनिक गरिएको छ । सो भौचर ग्राहकले ३० दिन भित्र आफ्नो आवश्यकताको एसेसेरिज खरिदमा प्रयोग गर्नुपर्नेछ।

त्यस्तै भेस्पा, हिरो, होन्डा लगायतका मोटरसाइकल कम्पनीले पनि नयाँ वर्षका लागि योजना सार्वजनिक गर्ने तयारीमा रहेका छन् । गत वर्ष कोरोना महामारीका कारण न नयाँ वर्षमा अफर सार्वजनिक गर्न पाए न त कारोबार नै गर्न पाए । यसपाली भने मोटरसाइकलको राम्रो व्यापार गर्ने लक्ष्य राखेका छन्,यी कम्पनीहरुले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?