काठमाडौं । कञ्चनपुरमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पुनर्वास नगरपालिका-२ दशरथबस्ती बस्ने ४० वर्षीय जग्गु चौधरीलाई मंगलवार राति प्रहरीले पक्राउ गरेको छ ।
चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया