ओलीसँग कुनै पनि हालतमा सम्झौता हुँदैन : नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुनै पनि हालतमा सम्झौता नगर्ने बताएका छन ।

आज (बुधवार) आफू पक्षीय युवा संघ नेपाल केन्द्रीय कार्यालय उद्घाटन गर्दै नेता नेपालले ओलीसँग सम्झौता नगर्ने तर सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलालाई उचित नमाने पनि मान्न बाध्य भएको बताए ।

नेता नेपालले ओलीसँग सहकार्य गर्न ७५ जेठा भन्दा पहिलेको बिन्दुमा फर्किनु पर्ने र फागुन २८ को अवैधानिक कदमलाई फिर्ता लिनु पर्ने अडान रहेको बताए ।

कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता नेपालले ओलीलाई गुटको नेता मात्र भएको आरोप लगाए । उनले वर्तमान समस्याको समाधान आफू भएको समेत दाबी गरे ।

नेता नेपालले माओवादी केन्द्रले मंगलवार पुनरावलोकनका लागि सर्वोच्चमा दिएको निवेदनलाई आफूहरूले स्वागत र  समर्थन रहेको  बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?