काठमाडौं । लुम्बिनी प्रदेशको प्रदेश सभाको सातौँ अधिवेशन बुधवार(आज) देखि शुरु हुँदैछ ।
दिउँसो १ बजे प्रदेश सभा भवन बुटवलमा बस्ने बैठकमा दुई वटा विधेयकहरु पेश हुनेछ ।
आजको बैठकमा प्रदेश पूर्वाधार विकास प्राधिकरण सम्बन्धि विधेयकलाई सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेश गर्ने र प्रदेश विश्वविद्यालय स्थापनाका लागि अध्ययन समितिको प्रतिवेदन माथि छलफलका लागि प्रस्ताव पेश हुनेछन् ।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भइ पूर्ववत् रुपमा एमाले र माओवादी केन्द्रमा फर्किएपनि कुर्सी भने पुरानै स्थानमा राखिएको छ ।
आजको बैठकमा माओवादी केन्द्रका सांसदहरु पनि पुरानै कुर्सीमा बस्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया