डोल्पाको मुड्केचुला गाउँपालिकामा दुई हप्तादेखि सञ्चार सेवा अवरुद्ध

लोकपथ
0
Shares

जाजरकोट । डोल्पाको मुड्केचुला गाउँपालिका दुई हप्तादेखि सञ्चार सेवा अवरुद्ध भएको छ । दुई हप्ताअघि परेको चट्याङले डोल्पा र जाजरकोटको बीचमा रहेको नमस्तेको टावरमा चट्याङ क्षति पुर्याएपछि मुड्केचुला गाउँपालिका स्थानीयबासी सञ्चार सेवाबाट वन्चित भएका छन् ।

जाजरकोटसँग सिमाना जोडिएको मुड्केचुला गाउँपालिका–५, अदलेखमा रहेको नमस्ते मोबाइल टावर चट्याङले ध्वस्त पारेको हो । टावर मर्मतका लागि नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जलाई जानकारी गराएको भए पनि हालसम्म मर्मत हुन नसकेको गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

यता नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका उपनिर्देशक शिव खनालले भने मर्मतका लागि टोली पठाउने तयारी भइरहेको जानकारी दिनुभयो । यसका साथै उक्त स्थान भन्दामाथि लेकमा रेडियो लिङ्कबाट मोबाइल र टेलिफोन सञ्चालनका लागि रेडियो लिङ्क जडान कार्य पनि भइरहेकाले मर्मत गर्न ढिलो भएको क्षेत्रीय उपनिर्देशक खनालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?