घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधवार (आज) सुनको मूल्य तोलामा ४ सयले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधवार घटेर तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा ८५ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बुधवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलवार तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधवार घटेर तोलामा ११ सय ९५ रुपैयाँ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?