एमाले सांसदहरुले लिए मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

काठमाडौं । नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्धको अपविश्वास प्रस्ताव फिर्ता लिएका छन् ।

मंगलवार एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरुहरुले मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् ।

गत पुस १० गते नेपाल-खनाल पक्ष र माओवादी केन्द्रका सांसदहरुले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सर्वोच्चको फैसलासँगै एमाले पूर्ववत् रुपमा फर्किएसँगै एमालेले मुख्यमन्त्रीविरुद्धको अविस्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो ।

यससँगै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पनि फिर्ता गरिएको छ । माओवादी केन्द्रसँग मिलि नेपाल-खनाल पक्षले दर्ता गराएको अविश्वास प्रस्ताव फिर्ता लिएको हो ।

आज बागमती प्रदेशको संसदीय दलको बैठक बस्दैछ । आजको बैठकमा नेपाल-खनाल पक्षका सांसद पनि सहभागी हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?