चट्याङ लागेर एक महिलाको मृत्यु

लोकपथ
0
Shares

ओखलढुंगा । चट्याङ लागेर ओखलढुंगामा एक जनाको मृत्यु भएको छ । खिजिदेम्बा गाउँपालिका वडा नम्वर ६ का ५८ वर्षीया पासाङ शेर्पाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

मंगलवार बेलुका साढे ७ आफ्नै घरमा बसिरहेको अवस्थामा वर्षासँगै आएको चट्याङ पासाङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?