भीरबाट लडेर एक जनाको मृत्यु

RSS
0
Shares

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा भीरबाट लडेर एक वृद्ध पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राक्सिराङ ६ बस्ने ७० वर्षीय भीमबहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार प्रजाको गए राति जङ्गलको आगो निभाउन जाँदा भीरबाट लडेर मृत्यु भएको हो । मृतक प्रजाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?