कर्णाली सरकार धरापमा, एमालेले लियो समर्थन फिर्ता

लोकपथ
0
Shares

सुर्खेत । कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिएको छ । वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएका छन् ।

एमाले सांसदले समर्थन फिर्ता लिएसँगै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन पत्र समेत लेखेका छन् । एमाले सांसदले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन चैत ४ गते नै फिर्ता लिएका थिए ।

संविधानको धारा १८८ को २ अनुसार सरकारमा रहेको दल विभाजन भए वा समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लिनुपर्छ ।

यसबारेमा प्रदेश प्रमुख कलौनीले पत्र नै लेखेर मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । अब प्रदेशसभामा बहुमत कायम राख्न मुख्यमन्त्री शाहीलाई चुनौति थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?