राष्ट्रपति भण्डारीद्वारा भारतीय राष्ट्रपतिको शल्यक्रिया सफल भएकोमा खुशी व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति राम नाथ कोविन्दको शल्यक्रिया सफल भएकोमा खुशी व्यक्त गरेकी छिन् ।

आज(मंगलवार) कोविन्दको मुटुको शलयक्रिया सफल भएकोमा भण्डारीले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनलाई खुशी व्यक्त गरेकी हुन् ।

भण्डारीले खुशी व्यक्त गर्दै कोविन्दको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेकी छिन् ।

उनले लेखेकी छिन्ः

भारतका महामहिम राष्ट्रपति श्री राम नाथ कोविन्द @rashtrapatibhvn को आज मुटुको सफल शल्यक्रिया सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?