काठमाडौँ- आज मंगलवार बेलुकादेखि मेरोशेयरको सेवा अवरुद्द हुने भएको छ। मेरो शेयरमा चाप बढेपछि आएका प्राविधिक समस्या समाधान गर्न आकष्मिक रुपमा थप सर्भरहरु जडान गर्नुपर्ने भएकोले सेवा अबरुद्द हुन सिडीएसले जनाएको छ।
सिडीएसका अनुसार आज चैत्र १७ गते बेलुका ८ बजेदेखि केहि समयको लागि मेरोशेयरको सेवा अवरुद्द हुनेछ । सेवा अवरुद्द हुने भएपछि आज मंगलवार शेयर कारोबार भई १८ गते राफसाफ भईसक्नु पर्ने कारोबारको हकमा शेयर ट्रान्सफर (ईडिआईएस) गर्ने समय बढाईएको छ । जस अनुसार आज बेचिएको शेयरको ईडिआईएस चैत्र १८ गते बिहान १० बजेसम्म गर्न सकिने छ।
सिडीएसले चैत्र ५ गते मेरोशेयरको सर्भर अपग्रेड गर्नको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया