‘वाउ’ ! कुस्मामा ‘फुलमून बञ्जी’ (भिडियोसहित)

काठमाडौं । पर्वत र बागलुङ जिल्लाको बीचमा कहाली लाग्दो खोँचमा रहेको कालिगण्डकी नदी आफ्नै गतिमा बग्दो छ । त्यही कहालीलाग्दो खोँचमा अवस्थीत छ, ‘द क्लिफको बञ्जी स्पोर्ट’।

उत्तरतर्फ मुस्कुराइरहेको गगनचुम्बी हिमाल ।

No photo description available.

कहालीलाग्दो खोँचसँगै वरिपरि देखिने हरिया डाँडा, सुन्दर कुस्मा बजार र तारेभीरका कारण पनि पर्वतको कुस्मा र बागलुङको बलेवा जोड्ने विश्वकै अग्लो झोलुङ्गे पुलको आफ्नै महत्व रहेको छ ।

No photo description available.

पर्वत जिल्लाको कुश्मामा रहेको विश्वकै दोस्रो अग्लो बञ्जी जम्प २२८ मिटर गहिरो खोँचमाथिको झोलुङ्गे पुलबाट गरिन्छ । पुलमा खुट्टा राख्नेबित्तिकै ज्यान सिरिङ्ग गर्न थालिहाल्छ । त्यहाँबाट हाम्फाल्दाको अनुभव कस्तो हुन्छ होला ?

हुन त बञ्जी  शब्द सुन्दा मात्रै पनि कहाली लागेर आउँछ । खुट्टा र जिउमा डोरी बाँधेर पुलबाट हाम फाल्दा हर कोहिको मन डराउँछ। त्यसैमाथि अब अर्को एड्भेञ्चर थपिएको छ – रातको समय ।

रात्री बञ्जी !

हो, कुश्मास्थित विश्वकै दोस्रो अग्लो बञ्जीमा फागुपूर्णिमाको रात ‘फुलमून बञ्जी’ आयोजना गरियो । द क्लिफ प्रालिले पहिलो पटक रात्री बन्जी शुरु गरेको थियो । साहसिक खेल मानिने बञ्जीमा केहि फरक महशुस होस भन्ने उदेश्यले रात्री बन्जी गरिएको द क्लिफले जनाएको छ ।

फुलमून बञ्जीमा १५ जनाले सहभागिता जनाएका थिए । ‘बञ्जी हान्नु आफैमा साहाशिक खेल हो,’ द क्लिफका अध्यक्ष राजु कार्कीले लोकपथसँग भन्दै थिए,‘हामीले यसमा थोरै रोचकता, त्रास थपेर रात्री बञ्जी आयोजना गरेका हौँ।’

अध्यक्ष कार्कीका अनुसार, अब प्रत्येक महिनाको पूर्णिमाको रात ‘फुलमून बञ्जी’ आयोजना गरिने छ ।

फुलमून बञ्जी गर्न आउनेहरुलाई दुईवटा प्याकेजको व्यवस्था मिलाइएको छ । डिलक्स रूमको प्याकेजका लागि ९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ भने बञ्जी र स्टयान्डर्ड रूमसहितको प्याकेजका लागि ८ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

हाल विश्वकै अग्लो बञ्जी मकाउमा ७६४ फिट उचाईमा रहेको छ । त्यसैगरी, स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाईमा रहेको बञ्जी हालसम्म दोस्रो अग्लो बञ्जीको रुपमा थियो । तर कुस्माको बञ्जी ७४८ फिट उचाइमा बनेसँगै स्वीटजरल्याण्डको बञ्जी विश्वको तेस्रो अग्लो बञ्जीमा धकेलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?